बैतडी / बैतडीकाे दशरथचन्द नगरपालिका ५ कुमालीका एक जना पुरूष मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा साेहि ठाउँका अन्दाजी ४५ वर्षीय नरेश जोशी रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जोशी आज (आईतबार) बिहान साेही नगरपालिकाे मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका हुन् । उनी घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











