बझाङ / बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा पसल तोडफोड गरेको आरोपमा १४ वर्षीय एक किशाेरलाई पक्राउ गरिएकाे छ ।
चैनपुर चौराहा नजिकै रहेको ‘एसपलस मोबाइल ग्यालरी’मा चोरी गरेको आरोपमा सुर्मा गाउँपालिका २ का अजय बोहरालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बाेहरा शुक्रवार राति साढे ११ बजेको समयमा मोबाइल ग्यालरी भित्र पसेर सामान चोरी गर्दै गरेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेकाे जानकारी दिएकाे छ । पसल तोडफोड गरेको खबर पाउनासाथ बझाङ प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइएको हाे ।
उनले पसलको ताला फोडेर भित्र गएका सामान भने चाेर्न पाएकाे छन् । पसलभित्र रहेका केहि मोबाइल, ल्याप्टप लगाएतका इलेक्ट्रोनिक सामाग्रीमा क्षती पुगेको पसल सञ्चालककाे भनाइ छ।
घटनाबारे थप अनुसन्धान अगाडि बढाएकाे बझाङ प्रहरीले जनाएको छ ।
बाेहरा गत कात्तिक महिनामा सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको एक आधारभुत स्वास्थ्य केन्द्र तोडफोड गरेर कण्डम लगायतका स्वास्थ्य सामाग्री चोरी गरेकाे आराेपमा पक्राउ परेका थिए ।











