बैतडी / बैतडीकाे जिल्लाको पाटन नगरपालिका–६ कि एक महिला २० दिनदेखि बेपत्ता रहेकी छन् ।
बेपत्ता हुनेमा कर्णेलीकी २४ वर्षीया सुनिता बिक रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
उनी घरबाट माइत जान्छु भन्दै हिँडेकी हुन् । माइत समेत नपुगेर सुनिता सोही दिनदेखि सम्पर्कविहिन रहेकी पारिवारिक स्राेतले जनाएको छ । बेपत्ता सुनिताको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा निवदेन आएको प्रहरी स्राेतले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता सुनिता बिकका १० वर्षीय छोरा, ८ वर्षीया छोरी र ६ वर्षीय छोरा छन् ।
उनका श्रीमान तारा विक भारतमा रोजगारी गर्दै आएका छन् । दशैंतिहार मनाउन घर आएका तारा श्रीमति बेपत्ता भएपछि चिन्तामा डुबेका छन् ।











