बैतडी: बैतडीकाे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा जिप दुर्घटना भएकाे छ ।
सनिवार बिहान साेही ठाउँ घोडेधारमा से १ त ६०३ नम्बरको जिप दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ भने अन्य पाँच जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्ट रहेका छन् । त्यस्तै दुर्घटनामा परी अन्य घाइते पाँच जनाकाे परिचय खुलेको छैन।
घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरी स्राेतले जनाएकाे छ ।











