डाेटी / कैलालीको अत्तरियामा शुक्रबार ट्रककाे ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ बस्ने ६० वर्षीय भगवती रोस्यारा ( कट्टी फूपु) रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको म प्र ०३०१ ख ९६५० नम्बरको ट्रकको ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
उनकाे उपचारको लागि धनगढी सेती प्रादेशिक अस्पतालमा लगिएको थियाे । राति नै साेही अस्पतालमा उनकाे उपचारको क्रममा मृत्यु भएकाे कैलाली प्रहरीले जनाएको छ ।
ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको जानकारी आएकाे छ ।
मृतक रोस्यारा डोटीमा विगतदेखि ‘कटी फूपु’को नामले परिचित रहेकी थिइन् । उनकाे मृत्युकाे खबरले उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा दु:ख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।











