
डडेल्धुरा / डडेल्धुरामा वेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।
बिहिबार जिल्लाको परशुराम नगरपालिका –६ स्थित रंगुन नदीमा अन्दाजी ३२ ३३ वर्षीय पुरुषको शव फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ । अन्दाजी ५ फिट ६ ईन्च उचाई भएको मृतक पुरुषको कालो कपाल, पँहेलोमा सेतोखैरो धर्का भएको सर्ट, हरियो रंगको गन्जी, निलो रंगको कट्टु लगाएका छन् ।
पहिचान नखुलेको उक्त शव अहिले जोगबुढा अस्पतालमा राखिएको छ । हुलिया मिल्ने र अनुमान गर्न सकिने कोही कसैले पनि अनुसन्धानका लागी प्रहरीलाई सहयोग गरिदिन समेत प्रहरी आग्रह गरेको छ ।