कैलाली / कैलाली टीकापुर नगरपालिका –९ खक्रौलाबाट नेट्राभेट ट्याब्लेट (लागुओैषध) सहित प्रहरीले २ जनालाई पक्राउ गरिएकाे छ ।
ट्याब्लेट सहित पक्राउ पर्नेमा साेहि नगरपालिका –७ का २३ बर्षिय प्रेम साउद र २४ बर्षिय बाबुराम चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी गस्ती टोलीले उनीहरुको शरीर चेकजाँच गर्दा प्रेम साउदले कट्टु भित्र (गुप्ताङ्ग)को भागमा लुकाई छिपाई राखेको दुई पत्ता (तीस ट्याब्लेट) फेला पारेपछि पक्राउ गरिएको जनाएको छ ।











