बैतडी / बैतडीकाे डिलाशैनी गाउँपालिका वडा नम्बर ५ मा खसी चोर्ने क्रममा एक युवक पक्राउ परेका छन् ।
साेहि ठाउँ बिनाबस्तीका देवसिंह साउँदको गोठबाट खसी चोर्दै गर्दा सोही वडाको लेट्ठेकोठका २२ वर्षीय गोपाल नाथलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिहिवार राति ९ बजेतिर गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरूले नियन्त्रणमा लिएका थिए ।लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरेको बैतडी प्रहरीले जनाएकाे छ ।
नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भैरहेको जनाएकाे छ ।
उनी गत साउन महिनामा सुन चोरेको आरोपमा समेत मुछिएर अदालतले धरौटीमा रिहा गरेको प्रहरीले जनाएकाे छ ।











