कैलाली / कैलालीमा एक युवककाे कर्णाली नदिमा डुबेर मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका वडा नम्बर ८ बढैपुरका विशेष चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार कैलारी गाउँपालिकाका सब ओभरसियरमा कार्यरत चाैधरी गत कार्तिक २५ गते देखि कर्णाली नदिमा डुबेर बेपत्ता भएका थिए । उनको शव आज (शुक्रबार ) टीकापुरको दौलतपुर घाटमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
गत कार्तिक महिनामा साथीहरुसँगै घुम्न गएका उनी कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनकाे खाेजि गर्न चाैधरीका आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरू खटिरहेका थिए ।











