बझाङ/ बझाङकाे दुर्गाथली गाउपालिका वडा नम्वर २ मा अटो रिक्सा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
आज (बिहीबार)दिउँसो ३ बजेकाे समयमा उक्त दुर्घटनामा परी घाइते हुनेमा जिल्लाकाे दुर्गाथली गाउपालिका ४ बस्ने वर्ष ७१ की हाँशु जोशी, साेहि गाउँपालिका .१ की गोमा थापा ,वडा नम्बर २ की देवकी विष्ट, वडा नम्बर ४ बस्ने कमला भण्डारी ,
वडा नमबर ५ का ईशान थापा, वडा नम्बर ९ की दिक्षा भण्डारी ,७ बर्षिया रिदम भण्डारी ,र वडा नम्बर २ बस्ने सिंह राज विष्ट रहेकाे जिल्ला प्रहरीले कार्यालय बझाङले जनाएकाे छ ।
घाइते मध्य ७१ की हाँशु जोशीको अनुहारमा चोट रहेको र अवस्था मध्यम रहेकाे छ । उनकाे बझाङ जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनकारी दिएकाे छ । त्यस्तै अन्य ७ जनालाई सामान्य चोट रहेकाले उपचार पछि डिस्चार्ज गरीएको छ ।
दुर्घटना साेहि ठाउँ मौरीबगडबाट भाँगडा बजार तर्फ जादै गरेको सु.प.प्र. ०१००१ हे ४८९४ नम्बर को अटो रिक्सा पिपलढुस्की स्थित कच्चि सडक खण्डमा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ ।











