कैलाली / कैलालीमा बलात्कार गरेको अभियाेगमा एक जनालाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का स्थानीय ४५ वर्षीय प्रकाश जैसी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जैसीलाई साेहि ठाउँ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको अभियाेग लागेकाे छ । उनले बुधवार साँझ ६ बजेतिर ती युवतीलाई घरमा कोही नभएको मौका छोपी करणी गरेको प्रहरी स्राेतले जनाएकाे छ ।
पक्राउ परेका जैसीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











