अछाम : अछामकाे पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानमा गए राति (बुधबार ) ११ बजे अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। त्यस्तै ४ जना घाइते भएका छन् ।
साेहिँ ठाउँ अबस्थित टोट्केसालमा सु.प.प्र ०१ ००१ ह ५५४५ नम्बरको अटाे दुर्घटनामा परि मृत्यु हुनेमा कमलबजार नगरपालिका २ बस्ने जनक खड्का र वडा नं ४ का दिपक बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।
दुर्घटनामा परी उनिहरु घाइते भएका थिए । घाते दुबै जनाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल मंगलसेन ल्याउदै मृत्यु भएको हाे ।
दुर्घटनामा परी घाइते हुनेमा सोही नगरपालिका ८ का देबेन्द्र बिष्ट,बिरेन्द्र बिष्ट र वडा नं ४ का लक्ष्मण थापा, दिनेश साउद रहेकाे प्रहरीले जनाएको छ ।
उक्त ६ जना सवार रहेकाे अटो मृतक दिपक बोहराले चलाएका थिए । अटाे सडकबाट ५० मिटर तल खसेको छ ।
क्षमता भन्दा बढी यात्रु बाेकेर तिब्र गतिका कारण अटो दुर्घटनामा भएको प्रहरीले अनुसन्धानबाट खुल्न आएकाे छ ।











