अछाम / अछामकाे मंगलसेन नगरपालिका वडा नम्बर ३ मा श्रीमतीको हत्याको गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्।
बुधबार बिहान साेहि ठाउँ लाछिमानाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारीलाई पक्राउ गरिएकाे अछाम प्रहरीले जनाएकाे छ ।
भण्डारीले मदिरा सेवन गरेर आफ्नो श्रीमतीमाथि कुटपिट गरी हत्या गरेकाे हुन सक्ने प्रहरी अनुमान गरेकाे छ । बिष्टकाे पोस्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।
घटना शंकास्पद रहेकाले थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।











