सिलगढी / कञ्चनपुरमा जुवाखालबाट प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएकाे छ ।
जिल्लाको भीमदत्त नगरपालिका -१७ बासखेडाका एक स्थानीयकाे घरबाट उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरूलाई सोमवार राति २ लाख ५८ हजार ६ सय ९४ रुपैँयासहित पक्राउ गरिएको हाे ।
त्यस्तै अछाममा पनि १६ जना जुवाडेलाई पक्राउ गरिएकाे अछाम प्रहरीले जनाएकाे छ ।











