बैतडी / बैतडीकाे मेलौली नगरपालिका ७ ओझागाउँका एक जना मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
ओझा सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनि हिँडेका थिए । उनी आज मंगलबार बिहान मेलौली नगरपालिका ७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करीब ५ मिटर तल मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
ओझा अपांगता भएका व्यक्ति रहेको पारिवारिक स्राेतबाट खुल्न आएकाे छ । उनकाे मृत्युको कारण भने खुलेको छैन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरी स्राेतले जनाएकाे छ ।











