कञ्चनपुर / कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका–४ चाँदनीस्थित सडकमा माेटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीकाे मृत्यु भएकाे छ ।
आइतबार राती झोलुंगेबाट चाँदनीतर्फ जाँदै गरेको युए ०४ सि १३०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री साेहिँ ठाउँ लठ्ठाघाटका ५५ वर्षीय झुसे बोहराको मृत्यु भएकाे कञ्चनपुर प्रहरी जनाएको छ ।
गम्भीर घाइते भएका बोहराको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ।
उक्त माेटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान हुदैछ ।











