बैतडी / बैतडीकाे डिलाशैनी गाउँपालिका-७ मा भिरबाट लडेर एक पुरूषकाे मृत्यु भएकाे छ ।
साेहि ठाउँका ५० वर्षीय नरेन्द्रबहादुर ऐरको साेमबार राति ८ बजे घरबाट स्थानीय बजारद्वाली जाने क्रममा मनेकुडा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
उनी मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसेका थिए । मृत अवस्थामा उनलाई आज( मंगलबार) बिहान फेला परेको प्रहरीले जनाएकाे छ । ऐरकाे परिवार भने शाेकमा डुबेकाे छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरी स्राेतले जनएकाे छ ।











