बैतडी / बैतडीकाे पुर्चाैडी नगरपालिका–१ डाँडाकोटमा एक घरमा आगलागी भएकाे छ । आइतबार राती ९ बजे तिर साेहि ठाउँका जयानन्द जोशीको घरमा आगलागी भएको बैतडी प्रहरीले जनाएको छ ।
जोशीको दुई तले आठ कोठे कच्ची घरमा एक्कासी आगलागी
हुँदा घरमा रहेको अन्न, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर सबै नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
लक्ष्मीपूजाको राति लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । समयमै आगलागी नियन्त्रणमा आउँदा मानवीय क्षति हुन नपाएको प्रहरीले जानकारी दिएकाे छ ।











