कञ्चनपुर / कञ्चनपुरकाे पुनर्वास नगरपालिका–३ मा जिपले ठक्कर दिँदा पैदलयात्रीकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा साेहिँ ठाउका ६३ वर्षीय मानबहादुर तामाङ रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ । तामाङकाे आइतबार साँझ ७:४५ बजेर तिर घटनास्थलमै मृत्यु भएको हाे ।
धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जीपले ठक्कर दिएकाे प्रहरीले जनाएको छ ।
ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।











