डोटी/ डोटीमा ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नम्बर-५ का प्रशान्त सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज (साेमबार) करिब १२ बजेकाे समयमा साेहि ठाउँ लामीखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिदा प्रशान्तकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायक उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएकाे छ ।
उपरीक्षक श्रीवास्तवका अनुसार चालक अलि पर पानी खान गएका बेला राेकेर गिठ्ठी भर्दै गरेकाे ट्याक्टरकाे गेर चलाउदै गर्दा ट्याक्टर पल्टिएकाे जानकारी दिएकाे छ ।
ट्याक्टर र ट्याक्टर चालक शिखर नगरपालिका वडा न ११ का २४ वर्षीय प्रेम ठकुल्लालाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











