कैलाली / कैलालीकाे टीकापुर नगरपालिका–१ मा एक जना मृत फेला परेका छन् ।
शनिबार साेहिठाउँ बनगाउँ बिच्का पुरुवा स्थित खेतमा अन्दाजी ६० वर्षीय एक पुरुष मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
मृत अवस्थामा फेला परेका ती पुरुषको नाम, थर वतन भने नखुलेको प्रहरी स्राेतले जनाएकाे छ ।











