सिलगढी / आज तिहारकाे दाेस्राे दिन अर्थात् यमपञ्चकको दोस्रो दिन घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाउने प्रचलन रहेकाे छ ।
हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गरिन्छ । इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने परम्परागत रूपमा चल्दै आएकाे छ ।
त्यस्तै याे वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ ।
आजको दिन लक्ष्मीको पूजा गरे आफ्नो घरमा लक्ष्मीको बास हुने, धनधान्य हुने, श्रीबृद्धि हुने आदि मान्यता रहेको छ ।
आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ ।











