अछाम / अछामकाे साफेँबगर नगरपालिका–७ मा अरिङ्गालले टाेक्दा एक वृद्धा घाइते भएकी छन्।
घाइते हुनेमा रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाल रहेकाे अछाम प्रहरीले जनाएकाे छ ।
उनलाई आफ्नै घरको आगनमा बसिरहेकाे अबस्थामा अरिङ्गालले टोकेको हाे ।
घाइते जलुदेवीकाे न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।











