माेहन सिं ठकुल्ला
सिलगढी,डाेटीकाे जिल्ला सदरमुकाम सिलगढीमा एक पुरुष मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका अन्दाजी ५५/५६ वर्षीय शिवराज श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनलाई आज (शनिबार) साेहि ठाउँ लक्ष्मीटाेल अबस्थित टेक बहादुर केसीकाे ( मान्छे नबस्ने ) घरमा मृत अबस्थामा फेला पारेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायक उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार टाेलमा गनाउन थालेपछि स्थानीयले हेरफेर गरेर उनलाई घर भित्र मृत अबस्थामा फेला पारेकाे जानकारी दिएकाे छ ।
उनी दशैँपछि छिमेकमा नदेखिएकाले कहिले मृत्युु भयाे भन्ने कुराकाकाे एकिन नभएकाे प्रहरीले जानकारी दिएकाे छ ।
श्रेष्ठ विगत देखि नै अत्यधिक मादक पदार्थ सेवन गरेर कहिले कतै कहिले कतै हिडडुल गर्ने उपरीक्षक श्रीवास्तवले जानकारी दिएकाे छ । उनी प्राय: मादक पदार्थ सेवन गरेर भाेकै बस्ने गरेकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।
श्रेष्ठकाे शव आजै पाेष्टामार्टम गरेर उनका आफ्न्तकाे जिम्मा लगाएकाे जानकारी दिएकाे छ ।











