कैलाली / कैलालीकाे मोहन्याल गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
शुक्रबार साँझ साेहिँ ठाउकाे बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएकाे कैलाली प्रहरीले जनाएकाे छ ।
उक्त दुर्घटनामा परी घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ की ५० वर्षीया सरिता बुढा, बडिकेदार गाउँपालिका–३ का ३३ वर्षीय मनिस रोक्का, मोहन्याल गाउँपालिका–४ की ३३ वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ । चालक २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।











