बैतडी / ८ वर्षीया बालिबालाई बलात्कार गरेको आरोपमा बैतडीमा १३ बर्षीय किशाेरलाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा शिवनाथ गाउँपालिकाका १३ वर्षीय किशार रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
बालकले शुक्रबार दिउँसो बलात्कार गरेको जाहेरी परेपछि किशोरलाई नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ परेका किशोरले घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार गरेकाे अभियाेग लागेकाे छ ।
पीडित बालिकालाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।











