बझाङ / बझाङमा माेटरसाइकल दुर्घटनामा परी वडा अध्यक्षसहित दुई नजना घाइते भएका छन् ।
घाइते हुनेमा थलारा गाउँपालिका – १ का वडा अध्यक्ष रबिन्द्र जोशी र पछाडी सवार २९ बर्षीया दिपक थापा रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
शुक्रबार साँझ ७ बजे मोटरसाइकल दुर्घटनामा परी वडा अध्यक्ष जोशीको टाउँको र घुडामा चोट लागेको छ भने मोटसाईकल पछाडी सवार थापाको टाउको र छातिमा चोट लागेको बझाङ प्रहरीले जनाएकाे छ ।
घाइते वडा अध्यक्ष र थापाकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाइते दुबै जनाकाे जिल्ला अस्पतालमा उपचा भैरहेको प्रहरीले जनाएको छ ।
साँझकाे समयमा जयपृथ्वी राजमार्ग अन्तर्गत सु प प्र ०१००१ प ९०५१ नम्बर को मोटरसाईकल एक्कासी अनिन्त्रित भइ दुर्घटना भएकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे जनाएको छ ।











