कैलाली / कैलालीमा एक दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ।
बिहीबार राति कैलारी गाउँपालिका-५ बिपिनपुरबाट दुर्लभ अजिङ्गरको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
उक्त अजिङ्गर गाउँमा पसेको थियाे । गाउँमा अजिङ्गर पसेपछि स्थानीयले उद्धार गरेर प्रहरीलाई जिम्मा लगाएकाे थियाे । प्रहरीले उक्त अजिङ्गरलाई जङ्गलमा छोडेको जनाएको छ ।











