माेहन सिं ठकुल्ला
डाेटी / दिपायल सिलगढी नगरपालिका वडा नं. ८ स्थित लडागडा स्वास्थ्यचाैकीले नागरिककाे स्वास्थ्य माथि खेलवाड गर्न लागेकाे पाईएकाे छ ।
आफ्नाे टाउकाे दुख्न थालेपछि बिहीबार आफू उक्त स्वास्थ्य चाैकीमा पुग्दा सिटामाेल दिनु पर्नेमा स्वास्थ्यचाैकीले ग्याष्टिककाे ओषधी दिएकाे कलाकार स्थानिय गणेश साँउदले बताएका छन् । साउदले भने- स्वास्थ्यचाैकीमा सधै यस्तै हाे, कर्मचारी छैनन् । कार्यालय सहयाेगी र ल्याव कर्मचारी भिटिए, ल्यावका कर्मचारीले ग्याष्टिककाे ओषधी थमाए ।

आफुलाई दिईएकाे ओषधी माथि संका लाग्दा अर्कै स्थानका स्वास्थ्यकर्मीलाई साेध्दा गलत ओषधी दिईएकाे पत्ता लागेकाे उनले बताए ।
त्यस्तै साेहि ठाउका स्थानिय राम साउद र मान बहादुर साउदले दिशामा चुर्ना जस्ताे देखिन थालेपछि उपचारका लागि स्वास्थ्यचाैकि पुग्दा जुकाकाे ओषधी माग गरेकाेमा निज ल्यावका कर्मचारीले ग्याष्टिककाे ओषधी दिई पठाएकाे आराेप उनीहरु लगाएका छन् ।
स्वास्थ्य संस्थामा कर्मचारी नहुने, नजानेकाले ओषधी दिने स्वास्थ्यचाैकीकाे पुरानै राेग भएकाे स्थानिय गणेश साउद बताउन्छन् । उनी भन्छन् – ओषधी वितरणका लागि अधिकार प्राप्त कर्मचारी छैनन्, संस्थामा भएकालाई ओषधीका बारेमा जानकारी छैन, जुन मन लाग्याे त्यहि ओषधी वितरण भई रहेकाे छ । हामिलाई ओषधिका बारेमा थाहा हुदैन । स्वास्थ्य संस्थालाई विश्वास गर्ने हाे, संस्थाले नै उल्टाे ओषधी दिए पनि विश्वास गर्नै पर्छ ।
केही समय यता उक्त स्वास्थ्यचाैकीमा यसरी नै सेवाप्रवाह भई रहेकाे छ । जथाभावी ओैषधी वितरण गर्ने उक्त कर्मचारीलाई ल्याब शाखा हेर्ने गरि केहिसमय अगाडि मात्र करार नियुक्ति गरिएकाे बुझिएकाे छ । यसरी जथाभावी ओैषधी वितरण गरेकाे पाएपछि स्थानिय आक्राेसित बनेका छन् ।
सामाजिक संजालमा बाहिरीएकाे जुकाकाे ओैषधीकाे बारेमा अझै विस्तृत जानकारीकाे लागि जिल्ला अस्पताल डाेटीमा पूर्वकार्यरत डा. साेहन शाहसँग बुझ्दा दुबै ओैषधी जुकाकाे नभएकाे जानकारी दिएका छन् । डा शाहका अनुसार एउटा एन्टिबाइटिक र अर्काे ग्याष्ट्रिककाे ओैषधी भएकाे बताएका छन् । उनी भन्छन् – जथाभावी ओैषधी वितरण गर्दा विरामीकाे ज्यानै जाेखिममा पर्न सक्छ ।
दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक खड्काका अनुसार आफूलाई त्याे विषयमा खासै थाहा नभएकाे बताएका छन् । उनले भने ल्यावले ओैषधी वितरण गर्ने प्रावधान नभएपछि व्यावहारिक तरिकाले ओैषधी दिएकाे हुन सक्ने बताएका छन् । ल्यावले स्वास्थ्य चाैकीमा ओैषधी वितरण गर्नु गैरकानुनी कार्य हाे भनेर खड्काले भने । स्वास्थ प्रमुख बाहिर परीक्षा दिन गएकाले त्याे समस्या आएकाकाे हुन सक्ने उनले बताएका छन् ।
हामीले त्यहाँका वडा अध्यक्ष दशरथ बलाएर र स्वास्थ्य चाैकी प्रमुख नरेश बाेहरासँग बारम्बार माेवाइल फाेन मार्फत बुझ्न खाेज्दा उनीहरू दुबै जनाकाे फाेन उठेन ।











