डोटी / डोटीको शिखर नगरपालिकामा विहिबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नगरपालिकाको वडा नं.७ का २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ९ सय ५६ पुगेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
जिल्लामा पछिल्लो २४ घण्टामा नयाँ ५ जनाको थ्रोव श्वाव संकलन गरिएको छ भने हाल सम्म पिसिआर परिक्षणका लागी जिल्लाभरबाट ८ हजार ५ सय २३ जनाको थ्रोवश्वाव संकलन भएको स्वास्थ्य प्रमुख मलासीले सुपअनलाईनलाई बताए । कुल संक्रमितहरु मध्ये ९ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।