कैलाली / कैलालीमा प्रहरी थानामा रहेका एक युवकाे मृत्यु भएकाे ।
जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार बिहीबार थुनामा रहेका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको जनाएकाे छ ।
आज (बिहिवार) प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो । प्रहरीले बयान लिने क्रममा बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनी धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।
उनको मृत्युको कारण नखुलेकाले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।











