बैतडी / बैतडीकाे मेलौली नगरपालिका-२ मा एक किशोरी मृत फेला परेकी छन् ।
साेहि ठाउँ चमागाउँकी १६ वर्षीया बिमला चन्द बुधबार साँझ मृत फेला परेकी बैतडी प्रहरीले जनाएकाे छ । कक्षा १० मा अध्ययनरत बिमला आफ्नै घरको सुत्ने कोठामा मृत फृला परेकी हुन् ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











