कैलाली / कैलालीकाे गौरीगंगा नगरपालिका चौमालामा बसले ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक धनगढी–१६ बस्ने २८ वर्षीय सुरेश बोहरा र पछाडि सवार ३५ वर्षीय लक्ष्मण बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । घाइते दुबै जनाकाे पद्यम अस्पताल अत्तरियामा उपचार भैरहेको छ ।
प्रहरीका अनुसार बुधबार पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पूर्व तर्फ गइरहेको ना ६ ख ९२८० नम्बरको बसले सु प्र ०१०११ प ७६७० को मोटरसाइकललाई ठक्कर दिएको हाे ।
बस र चालक भीमदत्त नगरपालिका–१८ बस्ने ५३ वर्षीय प्रदेशी डगौरालाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको जनाएको छ ।











