युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सि ठकुल्ला
सिलगढी, करिब ३ दशक पछि डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थित नेपाल खाद्य संस्थानकाे गाेदाम घरमा चहलपहल सुरु भएकाे छ । दशै तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालयले सिलगढीमा ‘पर्वाेउत्सव’ सञ्चालन गरे संगै गाेदाम घरमा चहलपहल सुरु भएकाे हाे ।

पर्वाेउत्सव अन्तरगत जिल्ला सदरमुकाम पुरानाे बसपार्क अबस्थित सरकारी गाेदाम घर प्रयाेग गर्दै बडादशै, तिहार, छटपर्वकाे उपलक्ष्यमा गत असाेज २१ गतेदेखि सुपथ सहुलियत मूल्यमा चामल र गहुँ विक्रि वितरण गरिरहेकाे छ । वजारकाे भन्दा सस्ताे मुल्यमा दैनिक उपभाेग्य चामल पाउँदा र गहुँ पाउँदा गाेदाम घरमा स्थानिय उपभोक्तकाे घुइँचाे लाग्ने गरेकाे स्थानिय विक्रम के.शी. ले बताए । ओैसतमा दैनिक २ सयकाे हाराहारीमा उपभाेक्ताहरु चामल गहूँ खरिद गर्न आउने गरेकाे त्यहाँका कर्मचारी सिताराम अग्रवालले बताएका छन् ।

डाेटीमा वि. स २०५६/५७ देखि सञ्चालनमा नल्याएको व्यापार कम्पनीले याे वर्ष दशै र तिहार लक्ष्यित खाद्यान वितरण मंसिर ४ गतेसम्म गर्ने कर्मचारी अग्रवालले बताए । अग्रवालका अनुसार असाेज २१ गते देखि हालसम्म ४ सय कुण्टल चामल र गहुँ बिक्रीवितरण भईसकेको छ । खाद्यान्नकाे मूल्य छुट विवरणमा अरूवा माेटा चामल र जिरा मसिनाे चामल साविककाे बिक्री मूल्यभन्दा प्रतिकेजी रू ७/७ रूपैयाँ दरले छुट गरि वितरण भईरहेकाे छ ।

उपभोक्ताकाे माग बमोजिम कम्पनीले चामल आपूर्ति गर्न नसकेकाे स्थानीय बिक्रम केसीले बताए । केसीले भने उपभोक्तहरूले माेटाे चामलकाे बढि माग गरेका छन् । माेटाे चामलकाे आपूर्ति नहुँदा चामल लिन आउने उपभोक्तहरूले रित्तो हात घर घर्किनु परेकाे बताएका छन् । महंगो मसिनाे चामल वितरण गर्नकाे लागि माेटाे र मसिनाे एकएक कठ्ठा मिलाएर वितरण गर्न थाले पछि सहुलियत मूल्यमा माेटाे चामल लिन आउने उपभोक्ता रित्तै हात घर फर्किने गरेकाे के.शी काे भनाई छ ।

उक्त चामल वितरणमा सर्वसाधारणलाई प्राथमिकता राख्नुकाे सट्टा उल्टै हाेटल लगायत अन्य व्यवसायीलाई कम्पनीले चामल वितरण गर्न थालेकाे त्यहाँ चामल लिन आउने एक उपभोक्ताले बताएका छन् । दैनिक चामल लिने उपभोक्तहरूकाे भिड लाग्न थालेपछि व्यापार कम्पनीले अहिले एक कठ्ठा मसिनाे र एक कठ्ठा माेटाे चामल बिक्री गर्ने गरेकाे एक उपभाेक्ताले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय