माेहन सिं ठकुल्ला / डाेटीकाे शिखर नगरपालिका वडा नं. २ का दुई बालक आईतवार देखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा वडा नं. २ कपल्लेकी बस्ने नरजित थापाका अन्दाजी १५ वर्षीय छाेरा मोहन थापा र साेहि स्थान बस्ने अन्दाजी १४ बर्षका बालक बिक्रम टमटा यहीँ कार्तिक १९ गते (आइतबार ) बेपत्ता भएका हुन् ।
थापा र टमटा आईतवार बिहान ८ बजेदेखि घरबाट निस्केका भए पनि हालसम्म सम्पर्कमा नआएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।
निजहरुलाई भेटिएमा माेवाईल नम्वर ९८४५००५११५ मा खबर गरीदिन हुन वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनहुन पारिवारिक स्राेतले अपिल गरेकाे छ ।
(यस भन्दा पहिले प्रकाशित समाचारमा एक जना बेपत्ता भनिएकाेमा साे सच्चाईएकाे छ । – सम्पादक)











