कञ्चनपुर/ कञ्चनपुरमा लागुओैषधसहित होटल सञ्चालक र अन्य २ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-२ बंक स्थित “होटल डिलासैनी गेष्ट हाउस एण्ड लज” का सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्कीसहित तीन जना रहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
मंगलबार प्रहरीले गाेप्य सुचनाका आधारमा हाेटलमा छापा हान्दा ९२.४२ ग्राम लागूपदार्थ चरेश फेला पारेपछि उनिहरूलाई नियन्त्रण लिएकाे हाे ।
यस्तै मंगलबार साँझ कञ्चनपुर जिल्लाकाे भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट पनि २.०७ ग्राम लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
बेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई पनि प्रहरीले पक्राउ गरेको हाे ।
घनाबारे थप अनुसन्धान भैरहेको छ ।











