अछाम/ अछामकाे चौरपाटी गाउँपालिका–४ मा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मृत्यु भएको छ।
मृत्यु हुनेमा साेहि ठाउँ पायलकी ३५ वर्षीया सरस्वती देउकरको रहेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।
उनलाई मंगलबार दिउँसो घर नजिकै रहेको कोदोबारीमा नल काट्ने क्रममा एक्कासी अरिङ्गालले टोकेपछि घाइते भएकी थिइन् ।
घाइते सरस्वतीको बयलपाटा अस्पतालमा उपचारको क्रममा साेहि दिन साँझ मृत्यु भएको प्रहरीले जनाएकाे छ ।











