कैलाली / कैलालीका एक जना भारतबाट घर फर्किनेक्रममा बाटोमै लुटिएका छन्।
जिल्लाकाे टीकापुर नगरपालिका–२ खडक चोकका गणेश बहादुर रावत बाटोमै लुटिएकाे आफन्तले जनाएका छन् ।
भारतकाे कारगिलमा ६ महिना मजदुरी गरेर फर्किदै गर्दा उनीकाे साथबाट १ लाख २८ हजार ८ सयसहित एक थान मोबाइल लुटिएको छ ।
रावत हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको रावतले बताएका छन् । भारतकाे हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुर्याएकाे हाे ।
हिजाे मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ ।
यस अघि पनि कंचनपुरका २ युवक नेपालकाे सुर्खेत घर बताउने व्यक्तबाटै हरिद्वारकाे आसपासमा लुटिएका थिए ।











