कञ्चनपुर / कञ्चनपुरकाे बेलौरी नगरपालिका ९ मा एक बालककाे डुबेर मृत्युु भएकाे छ ।
मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका – ७ का केशब बोहराका ७ वर्षीय छाेरा एलेक्स बाेहरा रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
बाेहराकाे बेलाैरी डाँडाकुन्डास्थित नहरमा डुबेर मृत्युु भएकाे हाे ।
उनी दसैँदेखि मामा घरमा बस्दै आएकाे थिए ।











