दार्चुला/ दार्चुला जिल्लाको लेकम गाउँपालिका १ मा एक वृद्वकाे भिरबाट लडेर मृत्यु भएकाे छ ।
मृत्युु हनेमा मंगलबार साेहि ठाउँ बन्डोलीकी ८० वर्षीय कृष्मा विष्टको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय दार्चुलाले जनाएकाे छ ।
बिष्ट नौलाबाटा भिरबाट २ सय मिटर तल खसेकी थिइन् । सोमबार घरबाट हराएकी विष्टको खोजीका लागि अस्थायी प्रहरी बित्थडा भरडकोट पोस्टबाट प्रहरी टोलीले आज शव फेला पारेकाे हाे ।











