सिलगढी / डोटीको शिखर नगरपालिकामा खेतीपाती गर्ने पुरुषहरु रोजगारीका क्रममा विदेशिन थालेपछि चिन्तीत भएका कृर्षक कर्ण वहादुर मल्लले गाँउमा हातेटेक्टर भित्राएका छन् ।
३० परिवार रहेको वडा नं. ४ देवली गाँउका कृर्षक मध्ये १३ परिवारको खेतीपातीका लागी हातेटेक्टरको सहयोगमा खेत जोति खेती गरिएको शिखर कृषि तथा पशुपक्षि फर्मका संचालक समेत रहेका मल्लले बताए । मल्लले भने– हिजो गाँउमा एक अर्कालाई सहयोग गर्न परिण गर्ने चलन थियो अहिले रोजगारीका शिलसिलामा युवाहरु विदेशिन थाले पछि कृषि पेशा नै संकटमा परेकोले कृषिज्ञान केन्द्र डोटीलाई अनुरोध गरि २०७९÷०८० को कार्यक्रममा ५० प्रतिशत अनुदानमा एउटा हाते टेक्टर गाँउमा भित्राएको थिए । उक्त टेक्टर मेरो निजि फर्मका लागी मात्र नभई पुरै गाँउका लागी प्रयोग गर्ने गरेको छु ।
मल्ल अघाडी भन्छन् – टेक्टरमा लाग्ने फ्युल कृर्षक परिवारले नै व्यवस्था गर्नु पर्छ म टेक्टर लगी खेतमा पुग्छु जोती दिन्छु जोते बापत कुनै रकम लिने गरेको छैन । उहाँहरुको खाजा खानाको व्यवस्था मिलाउनु हुन्छ । गाँउमा टेक्टर भित्रिय संगै कृषिकार्य गर्न सहज मात्र भएको छैन धेरै मानिस लागेर गर्ने पर्नु काम केहि समयमा नै सकिने भएकाले समय समेत बचल भएको छ ।
नेपाली ८० हजार पर्ने उक्त टेक्टर अनुदानमा लिदा आफुले ४० हजार रुपैयाँ खर्च गरेको मल्ल बताउन्छन् । कृषि यान्त्रिकरण कार्यक्रम अन्तरगत मल्लले हाते ट्याक्टर प्राप्त गरेका हुन् । ९ हर्ज पावरको मिनिटिलर (हातेट्याक्टर) कृषकको आबश्यकता र मागका आधारमा खेतमा पुराउने गरेको उनी बताउन्छन् ।
गाउँका युवाहरु रोजगारीका लागी विदेशीनु पर्ने वाध्यता र घरमा महिला र बृद्ध मानिसहरु मात्र रहेको समयमा हाते टेक्टरले खेत जोतीदिदा आफुलाई सहज भएको स्थानिय शान्ती मल्ल बताउन्छिन् । शान्ती भन्छीन्– मेसिनले खेत जोत्दा डल्ला फुटाउने र डिल भिट्टा खन्ने कार्य समेत गर्नु नपर्ने भएकोले सहज हुने गरेको छ ।
शिखर कृषि तथा पशुपक्षि फर्मले स्थापना भएको करिब एक बर्षको कर्ण मल्ल बताउन्छन् । उक्त फर्मले निजि भए पनि स्थानिय कृषकहरुलाई आबश्यकताका आधारमा कृर्षि सम्वन्धी निःशुल्क परामर्श समेत दिदै आएको उनी बताउन्छन् । उक्त फर्मले बाख्रापालन, भैसीपालन, वेमौसमी तरकारी खेती, फलफुलको खेतीको सुरुवात गरेको उनी बताउन्छन् ।