कैलाली / कैलालीमा प्रहरीले सेक्स टाेय (याैन खेलाैना) बरामद गरेकाे छ ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका–१० मा भारतबाट अवैध रुपमा भपत्र्याएकाे दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरीले जनाएकाे छ।











