कैलाली / कैलाली जिल्ला अदालतबाट माेवाइल चोरी भएको छ ।
आइतबार राति अदालतका कर्मचारीहरुको मोबाइल र अन्य सामान चोरी भएको कैलाली प्रहरी स्राेतले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतमा चोरी भएको विषयमा प्रहरीलाई आज (सोमबार) मात्र सुचना प्राप्त भएकाे जानकारी दिएकाे छ।
अदालतकाे पछाडीबाट छिरेर चोरले सामान चोरेको हुन सक्ने प्रहरीको अनुमान छ। घटना कसरी घट्याे भन्ने विषयमा सिसिटिभी फुटेज अध्ययन गर्न बाकी छ । चाेरकाे खाेजी कार्य भैरहेकाे प्रहरीले जनाएकाे छ











