बझाङ / बझाङमा बस र जिप एकआपसमा ठाेकिएका छन् ।
आज (साेमबार) जिल्लाकाे केदारस्युँ गाउँपालिका- ४ बाग्थला अस्थायी चेकपोष्ट आसपास बझाङबाट धनगढीका लागि छुटेको सु.प.प्र ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ आउँदैं गरेको सु.प.प्र ०१००१ च ३६१३ नम्बरको जिप एकआपसमा सवा ४ बजेकाे समयमा ठाेकिन पुगेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
दुर्घटनामा बस र जीप दुबैको अगाडीपट्टीको भागमा क्षति पुग्न गएकाे छ । मानवीय क्षति भने भएकाे छैन ।
बस र जिपका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।











