माेहन सिं ठकुल्ला
सिलगढी,
डडेल्धुरा / डडेल्धुरा बजारमा नगर प्रमुखले ‘सुन्दर सहर’ निर्माण गर्ने सपना बाेकी आफ्नै घरमा डाेजर चलाएर घर र पसल भत्काएका छन् । सडक विस्तारका लागि आज (साेमबार ) देखि डडेल्धुरा सदरमुकाम बजार क्षेत्रमा डाेजर चलाइएकाे हाे । जिल्लाकाे अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने भाैतिक संरचना हटाइ सडक स्तर उन्नतिकाे लागि डोजर चलाएको नगरपालिकाले जानकारी दिएकाे छ ।
अमरगढी नगरपालिकाका अनुसार बाजारीय घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना हटाउन अटेरी गरेपछि संरचना भत्काउन डोजर चलाएको जानकारी दिएकाे छ । डडेल्धुरा बजारीय क्षेत्रलाई ‘सुन्दर’ सहर’ निर्माण गर्न जिल्लाकाे भातेकाँडादेखि पाेखरा बजारसम्म राेड क्षेत्रभित्र पर्ने र अवैध रूपमा बनेका भाैतिक संरचना डाेजर लगायर भत्काउन सुरू गरिएकाे अमरगढी नगरपालिका नगर प्रमुख डिल्लिराज जाेशीले बताए ।
नगर प्रमुख जाेशीले भने ” सुधारकाे सुरूवाती चरण आफैबाट गर्नु पर्ने भएकाले मैले बजारमा रहेकाे आफ्नै घर र पसल समेत एक आना जग्गा नरहने गरि राेडलाई सुम्पिदै आफ्नै घरबाट भत्काउने कार्य सुरू गरेकाे छु । ” भनेर जानकारी दिएका छन् ।
नम्बरी जग्गामा बनेका भाैतिक संरचनाको भत्काउनु भन्दा केही समय पहिले क्षतिपूर्ति दिएर काम अगाडि बढाएकाे प्रमुख जाेशीले जानकारी दिए । बाकी रहेका घरहरूकाे क्षतिपूर्ति बेहोरेर राेडकाे स्तर उन्नतिकाे लागि संरचना हटाउने कार्य निरन्तर जारी राख्ने बताए ।
बजारकाे चाेकमा रहेकाे आफ्नै घरमा डाेजर चलाएर बजारकाे उन्नति प्रगति गर्ने कार्य सुरू गरेपछि स्थानीय बासिन्दाकाे भरपुर साथ सहयोग पाएकाे बताएका छन् । बरू चुनाैतिकाे विषयमा परम्पराकालदेखि घर निर्माण गरेर बस्दै आएका बजारीय नगरबासीलाई उचित ठाउँमा भाैतिक संरचना निर्माण गरेर राख्न समस्या भएकाे जाेशीले बताएका छन् । लामाे समय लागे पनि मुख्य लक्ष्य बजारीय राेड र सुन्दर बजारकाे निर्माण गर्ने रहेकाे बताए ।
नगरप्रमुख जाेशी भन्छन् ‘ सम्भव के कुरा छैन’ भन्ने कुरा केहिवर्षपछि डडेलधुरामा ‘ग्रिन सिटीले’ पुष्टि गर्छ, बस् सबैले ठाउँठाउँबाट जाग्नु पर्छ ।’











