कैलाली / कैलालीकाे लम्किचुहा नगरपालिका-२ मोटीपूरमा विद्युतिय स्कुटरले ठक्कर दिँदा २ पैदलयात्री घाइते भएका छन् ।
घाइते हुनेमा लम्किचुहा-२ का ३० वर्षीय लक्ष्मी धामी र ५० वर्षीया आइती चलाउनी रहेको ईलाका प्रहरी कार्यालय लम्किले जनाएकाे छ । घाइते लक्ष्मीको लालरत्न अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । चलाउनीको भने लालरत्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।
स्कुटर साेहिँ ठाउँ स्थित भित्रि सडक खण्डमा ३४ वर्षीय वासुदेव भाटले चालएको थियाे । स्कुटर चालक भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











