अछाम/ अछामकाे ढकारी गाउँपालिका–३ मा जंगली भालुले आक्रामण गरी एक किशोरीलाई घाइते बनाएकाे छ ।
घाइते हुनेमा अनारीगाउँकी १५ वर्षीया दिलाकुमारी बुढाला रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ । बुढालाई आइतबार अनारिगाउँस्थित जंगलमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रामण गरि घाइते बनाएको हाे ।
घाइते किशोरीकाे स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएकाे प्रहरीले स्राेतले जनाएकाे छ ।











