कैलाली/ कैलालीको घोडाघोडी नगरपालिका-१ सुन्दरपुरमा जुवातासकाे खालबाट ४ जनालाई पक्राउ गरिएकाे छ ।
इलाका प्रहरीले कार्यालय सुखडका अनुसार पकाउ पर्नेका ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेकाे जानकारी दिएकाे छ ।
उनीहरूबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेकाे छ
मध्यराति करिब २ तिर तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले जुवाखालमा गइ सबैजनालाई नियन्त्रणमा लिएकाे थियाे ।











