कैलाली / कैलालीमा गाेठमा आगलागी भएकाे छ ।
आइतबार जिल्लाकाे गौरीगंगा नगरपालिका-२ कृष्ण टोलकाे एक गोठमा आगलागी हुँदा पशुचाैपा जलेर घाइते भएको ईलाका प्रहरी कार्यालय चौमाला कैलालीले जनाएको छ ।
दुई तले घरकाे गाेठमा अचानक आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले प्रहरीले जनाएकाे छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











