कञ्चनपुर/ कञ्चनपुरमा एक घरकाे गाेठमा आगलागी भएको छ।
जिल्लाकाे कृष्णपुर नगरपालिका-२ बंक बस्ने धन बहादुर चन्दको दुई तले कच्ची भान्छा घरसँगै जोडिएको भैँसी बाँध्ने गोठमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
आइतबार झिँगा धपाउन भनि बालेको आगो सल्केर आगलागी भएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ । आगलागीबाट गोठमा रहेको पराल, भुसा, काठपात लगायतका सामान जलेर ध्वस्त भएकाे छ । उक्त आगलागीबाट अन्दाजी दुई लाख बराबरको धनमालकाे क्षति भएकाे छ ।
आगाेलाई स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।











